विश्व शान्ति पद यात्रामा उर्लिए बम्जनका हजारौं अनुयायीहरु (भिडियो सहित)

माघ ४, काठमाडौं । बोधी श्रवण धर्म संघले आयोजना गरेको तीन दिने मैत्री धर्म शान्ति पद यात्रा र विश्व शान्ति मैत्री पूजा प्रार्थनामा झन्डै ५० हजार भन्दा बढी अनुयायीहरुको सहभागिता रहेको छ । सिन्धुली स्थित आश्रमबाट गरिएको पद यात्रा एवंम् शान्ति मैत्री पूजा प्रार्थनामा विभिन्न राष्ट्रबाट पनि हजारौँ विदेशी अनुयायीहरु आएको संघले जनाएको छ ।

रामबहादुर बम्जनका विदेशी अनुयायी ‘टुन पयबन थाई’ले गरेको फेसबुक लाईभ

विश्व शान्ति पद यात्रामा उर्लिएका तवस्वी रामबहादुर बम्जनका अनुयायीहरुबारे एक विदेशी अनुयायी ‘टुन पयबन थाई’ले गरेको फेसबुक लाईभ

Posted by Prarambha Khabar on Friday, January 18, 2019

एक विदेशी अनुयायी ‘टुन पयबन थाई’ले गरेको फेसबुट लाईभमा देखाइएको दृश्यमा हजारौँ अनुयायीहरुलाई देख्न सकिन्छ । लइभमा बोल्दै उनले ‘महा सम्बोधि धर्म संघ गुरुज्यू’ भन्दै रामबहादुर बम्जनलाई सम्बोधन गरेकी छन् । भिडियोमा बम्बजनका अनुयायीहरुलाई निलो वस्त्रमा देख्न सकिन्छ । महिला र पुरुषको दुई छुट्टा छुट्टै लाइनमा रहेका अनुयायीहरु शान्त मुद्रामा बम्जनको प्रार्थना गर्दै हिडेको देख्न सकिन्छ । देश तथा विदेशबाट आएका उनका अनुयायीहरुले स्वस्फुर्त रुपमा आँफै आएको बताएका छन् । कुनै प्रलोभन र दबाबमा नभई बम्जन प्रतिको आस्था र विश्वासले आफुहरुलाई तानेको उनीहरुको भनाई छ । विहीवार देखि शुरु भएको पद यात्रा र पूजा शनिबारसम्म चल्नेछ ।

निस्वार्थ र निरर्थक व्रत बसि खालि खुट्टा हिडेर विभिन्न ठाउँबाट आएका अनुयायीहरुले धर्म गुरु प्रति आफुहरुको ठूलो सम्मान र विश्वास रहेको बताएका छन् । उनीहरुले बम्जनलाई भग्वान भनेर सम्बोधन गरेका छन् । पछिल्लो समय बम्जन माथि लागेका कथित आरोपहरु अनुयायीहरुले अस्वीकार समेत गरेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.