सबै स्थानीय तहमा रोजगार संयोजक खटाइने

माघ ३, काठमाडौं । सरकारले प्रत्येक स्थानीय तहमा रोजगार संयोजक नियुक्त गर्ने भएको छ ।

बिहीबार श्रम मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले यस्तो जानकारी दिएको हो । १० हजारभन्दा कम जनसंख्या भएका स्थानीय तहमा नासुबराबर र १० हजारभन्दा बढी जनसंख्या भएका स्थानीय तहमा शाखा अधिकृतबराबरको योग्यता चाहिने मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले बताए ।

यसका लागि अनलाइन आवेदन भोलि शुक्रबारबाट सुरु गरिने छ । रोजगार संयोजकले स्थानीय तह मातहतमै बसेर रोजगारसम्बन्धी सेवा दिनेछन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.