७७ हजार कर्मचारीले रोजे समायोजन

माघ ३, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन अध्यादेश, २०७५ बमोजिम संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुनको लागि कूल ७७ हजार ३४ जना कर्मचारीले आवेदन दिएको जनाएको छ ।

मन्त्रालयका अनुसार समायोजन रोज्नेमा ७५ हजार ३ सय ६७ जना सरकारी सेवाका कर्मचारी र एक हजार ६ सय ६७ जना अन्य सेवाका कर्मचारी छन् । समायोजनको लागि दिइएको अन्तिम समयसम्म उक्त संख्यामा कर्मचारीको आवेदन परेको मन्त्रालयद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ । सरकारले गत मंसिर २३ गते कर्मचारी समायोजन अध्यादेश ल्याएपछि समायोजन प्रक्रिया अघि बढाएको थियो । समायोजन प्रक्रियामा असन्तुष्टि जनाएका केही कर्मचारी ट्रेड युनियनसँग सहमति गरी सरकारले कर्मचारी समायोजनलाई तिव्रता दिएको थियो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गएको पुस ११ गते सूचना प्रकाशित गरी निजामति ऐन, २०४९, नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ र व्यवस्थापिका–संसद सचिवालय ऐन, २०६४ बमोजिमका कर्मचारीलाई २१ दिन भित्र आवेदन दिन भनेको थियो भने प्रदेश वा स्थानीय तहमा सेवा हन्तातरण भएका समिति, अयोग, प्रतिष्ठान तथा यस्तै प्रकृतिका संगठित संस्थाका स्थायी कर्मचारीलाई भने १५ दिन भित्र समायोजनको लागि आवेदन दिन आग्रह गरेको थियो । सोहीअनुसार ७७ हजार बढी कर्मचारीले समायोजन रोजेका हुन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.