चोरीको सामान सहित ६ जना पक्राउ

माघ ३, काठमाडौं । प्रहरीले राजधानीको शान्तिनगर स्थित सुकुम्बासी टोलबाट चोरीका विभिन्न सामान सहित ५ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ महानगरपालिका ३१ शान्तिनगर स्थित सुकुम्बासी टोलमा दिउँसो १ बजे देखि ४ बजे सम्म चेकजाँचको क्रममा जिल्ला नुवाकोट घर भई शान्तिनगर स्थित सुकुम्बासी बस्ने १८ वर्षीय शशि तामाङ,सर्लाही करथवा घर भई शान्तिनगर स्थित सुकुम्बासी बस्ने १८ वर्षीय सरोज मगर, शान्तिनगर स्थित सुकुम्बासी बस्ने २३ वर्षीय सुमन कलवार, काठमाण्डौ जोरपाटी बस्ने १८ वर्षीय अजय मगर, रामेछाप घर भई ललितपुर ईमाडोल बस्ने २५ वर्षीय भानु मगर र सर्लाही घर भई काठमाण्डौ गैरीगाँउ बस्ने २४ वर्षीय सुमन माझी सहित ६ जनालाई नियन्त्रणमा लिई निजहरूको कोठा खानतलासी गर्दा चोरी गरेका सुनको मंगलसुत्र १.५ तोला एसर कम्पनीको ल्यापटप २ थान विभिन्न कम्पनीको मोबाईल १७ थान र नगद २ हजार ६ सय रूपैया सहित निजहरूलाई पक्राउ गरिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.