मास प्रिन्टर आइनपुग्दा स्मार्ट लाइसेन्स प्रिन्टमा ढिलाइ

पुस ३०, काठमाडौं । यातायात व्यवस्था विभागले ल्याउने भनेको मास प्रिन्टर आइनपुग्दा स्मार्ट लाइसेन्स प्रिन्टमा ढिलाइ भएको छ ।

विभागले १ महिनाअघि नै टेन्डर आह्वान गरे पनि हालसम्म मास प्रिन्टर आइपुगेको छैन । विभागले हाल ७ वटा प्रिन्टरले स्मार्ट लाइसेन्स प्रिन्ट गरिरहेको विभागका निर्देशक तथा सुचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए । मास प्रिन्टरका लागि बोलपत्र आह्वान गरिएकोमा भारतका २ र फ्रान्सको एक कम्पनी इच्छुक देखिएको उपाध्ययले जानकारी दिए ।

हाल स्मार्ट लाइसेन्सको दैनिक माग १० हजार रहेको छ । जसमा विभागले दैनिक ३ हजार लाइसेन्स प्रिन्ट गर्दै आएको छ । विभागसँग रहेका ७ वटा प्रिन्टरले दैनिक यी संख्याका लाइसेन्स प्रिन्ट गर्दै आएको हो । मङ्सिर अन्तिम साताबाट यातायात व्यवस्था कार्यालयहरु प्रदेश सरकार मातहत गए पनि स्मार्ट लाइसेन्स सहज हुन सकेको छैन । प्रशासनिक काम प्रदेश मातहतका यातायात व्यवस्था कार्यालयहरुले गरे पनि स्मार्ट लाइसेन्स प्रिन्ट गरेका छैनन् । आवश्यक प्रिन्टर र जनशक्ति नहुँदा प्रदेश मातहतका कार्यालयहरुले स्मार्ट लाइसेन्स प्रिन्ट गर्न नसकेका हुन् । हाल काठमाडौंस्थित विभागले दैनिक प्रिन्ट गर्ने उक्त संख्यका स्मार्ट लाइसेन्स हुलाकमार्फत प्रदेशस्थित यातायात व्यवस्था कार्यालयमा पठाउँदै आएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.