पुस ३०, सिन्धुपाल्चोक । गत २२ गते देखि सुरू भएको प्रथम वलेफी गाउँपालिका जिल्ला स्तरीय फूटबल प्रतियोगिता २०७५ सम्पन्न भएको छ।
बलेफी गाउँ पालिकाको प्रमुख आयोजना र सिन्धुपाल्चोक जिल्ला फूटबल सघंको सहआयोजनामा भएको प्रथम बलेफी गाउँ पालिका स्तरीय फूटबल प्रतियोगितामा प्रमुख अतिथीमा उघोग, बन, पर्यटन मन्त्री अरुण नेपालको आतिथ्य रहेको थियो। पुस २९ गते बलेफि गाउँपालिका र सुनकोशी गाउँपालिका बिच भएको खेलमा वलेफि गाउँपालिकाले ३–२ गोलले सुनकोशि गाउँपालिका लाई पराजित गर्दै प्रथम हुन सफल भएका छन् ।

प्रथम पुरस्कार रु. १ लाख, सिल, ट्रफी ,मेडल, प्रमाण रदितीय पुरस्कार रु. ५० हजार, सिल ,मेडल, प्रमाण प्राप्त गरेका छन् भने खेलाडीहरूको मान, सम्मान गर्दै वलेफीगाउँपालिकाले बाजा गाजा सहित नगर परिक्रमा गराई भव्य स्वागत तथा विजयी उत्सव मनाएको थियो।

