कार्यकक्षमै बोलाएर मन्त्रीले सचिवलाई हाने झापड

पुस २९, जनकपुर । प्रदेश २ का आर्थिक मालिम तथा योजनामन्त्री विजय यादवले सचिवलाई कार्यकक्षमै बोलाएर झापड हानेका छन्।

आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै मन्त्री यादवले सचिव विद्यानाथ झालाई कार्यकक्षमै बोलाएर कुटपिट गरेका हुन्। ‘आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै सभामुखकै अगाडि झापड हान्नुभयो’, सचिव झाले भने। सभामुख सरोजकुमार यादव मन्त्रीकै कार्यकक्षमा भए पनि सचिव झाले निक्कै कुटाइ खाएको देखिन्छ। मन्त्रीले कुटपिट गर्दा उनको अनुहार सुन्निएको छ।

कुटपिट लगत्तै मन्त्रीकै निर्देशनमा प्रहरीले सचिवलाई पक्राउ गरेको छ । उता मन्त्री यादवले सचिवलाई कुटपिट गरेको अस्वीकार गरेका छन् । कार्यकक्षमा दुर्व्यवहार गरेपछि प्रहरीलाई खबर गरेको मन्त्रीको भनाइ छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.