खेल क्षेत्रको सुधारका लागि अनुशासन र मेहनत अनिवार्य – सांसद राई

सुजन पाख्रिन ।
पुस २८, काठमाडौं । काठमाडौं क्षेत्र नं. ३ का सांसद कृष्ण राईले खेल क्षेत्रमा सुधार ल्याउन अनुशासन र मेहनत अनिवार्य रहेको बताएका छन् ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका अत्तरखेलमा आयोजना भएको प्रथम लिवर्टी कप फुटबल प्रतियोगीताको उद्घाटन कार्यक्रममा बोल्दै सांसद राईले हरेक शैक्षिक संस्थाबाटै विद्यार्थी र खेल शिक्षामा अनुशासनलाई प्राथामिकता दिएर अध्यापान गर्नुपर्ने बताए । अनुशासनको अभावमा खेल क्षेत्रमा प्रवेश गरेका खेलाडीहरुले निरन्तरता दिन नसकि बिचमै छाड्नुपर्ने बाध्यता रहेको उल्लेख गरे ।

लिवर्टी एकेडेमीको आयोजना तथा अत्तरखेल युवा समाजको संयोजनमा विद्यालय स्तरिय प्रथम लिवर्टी कप फुटबल प्रतियोगिता ४ दिनसम्म हुने आयोजकले बताएको छ । प्रतियोगीतामा प्रथम हुने खेलाडी समूहलाई पुरस्कार रु २० हजार नगद राशी सहित शिल्ड तथा प्रमाणपत्र प्रदान गरिने छ । द्धितृय हुनेलाई रु १० हजार नगद, तितृयलाई रु ५ हजार नगद राशी सहित शिल्ड तथा प्रमाणपत्र प्रदान गरिने छ भने चौथो खेलाडी टिमले सान्तवना पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । विद्यार्थीहरुलाई विद्यालय स्तरबाटै खेल जीवनशैली र अनुशासनको ज्ञानको वोध गराउँदै राष्ट्रिय खेल क्षेत्रमा सहयोग पु¥याउन उक्त कपको आयोजनाले महत्वपूर्ण सन्देश प्रवाह गरिने विश्वास आयोजकको रहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.