‘खेलकूदलाई जीवनको अभिन्न अङ्ग बनाउनु पर्छ’–सभापति घर्ती

पुस २८, नेपालगञ्ज । प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य, युवा तथा खेलकूद संसदीय समितिका सभापति जयपुरी घर्तीले खेलकूदलाई सबैले जीवनको अभिन्न अङ्ग बनाउनु पर्नेमा जोड दिएकी छन् ।

राष्ट्रिय खेलकूद विज्ञान प्रतिष्ठान र क्षेत्रीय खेलकूद विकास समितिको आयोजनामा शुक्रबार प्रशिक्षक प्रशिक्षण कार्यक्रम उद्घाटनका क्रममा उनले खेलकूदलाई राजनीतिबाट सधैँ टाढा राख्न सकिएमा मात्र खेलकूदका गतिविधिलाई व्यवस्थित बनाउन सकिने बताइन् ।

नेपालगञ्जमा हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई दृष्टिगत गरी आयोजना गरिएको सो प्रशिक्षणमा जर्मनीमा रहेका नेपालीमूलका प्रशिक्षक तीर्थराज वली, केन्द्रीय राष्ट्रिय खेलकूद परिषद्का प्रशिक्षक नवीन उप्रेती र जयन्त शर्मालगायतले प्रशिक्षकको भूमिका निर्वाह गरेका छन् । तीन दिनसम्म चल्ने प्रशिक्षणमा ५० जनाको सहभागिता रहेको छ । रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.