वन मन्त्रालयका सहसचिव श्रेष्ठ विरुद्व भ्रष्टाचार मुद्धा

पुस २६, काठमाण्डौ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वन तथा वातावरण मन्त्रालयका सहसचिव चन्द्रमान श्रेष्ठले गैरकानुनी सम्पत्ति जोडेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

उनले एक करोड ३४ लाख रुपैयाँ बराबरको अवैध सम्पत्ति जम्मा गरेको अख्तियारको दाबी छ। श्रेष्ठलाई २ वर्षसम्म कैद र १ करोड ३४ लाख नै जरिवाना गर्न पनि विशेष अदालतसँग माग गरेको छ। उनकी श्रीमती जमुना तण्डुकारका नाममा भएको स्रोत नखुलेको सम्पत्ति पनि जफत गरिपाउँ भन्ने अख्तियारको माग छ।

सहसचिव श्रेष्ठले सार्वजनिक पदधारण गरेको समयदेखि अहिलेसम्म उनीसँग ३ करोड ४४ लाख ७७ हजार रूपैयाँ बराबरको सम्पत्ति रहेको अख्तियारले जनाएको छ। त्यसमध्ये २ करोड १० लाख ७७ हजार रुपैयाँ बराबरको मात्र स्रोत खुलेको अख्तियारको दाबी छ। बाँकी १ करोड ३४ लाख भने उनले अवैधरूपमा कमाएको भन्दै अख्तियारले मुद्दा चलाएको हो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.