तपाईको राशिफल आज यस्तो छ हेर्नुहोस

पुस २६ गते विहिबार ।

मेषः दिन उत्तम रहनेछ । आयआर्जनका विभिन्न बाटाहरु खुल्नेछन् । मुख्य काम हात लाग्नेछ । मन प्रफुल्ल हुनेछ ।
वृषः दिन उत्तम छ । आँटे ताकेको काम बन्नेछ । सामाजिक कार्यव्रmममा संलग्न भइनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।

मिथुनः दिन राम्रो छ । धर्मकर्मतिर मन जानेछ । शरीर सबल रहनेछ । कामप्रति जोश, जाँगर बढ्नेछ । सहयोग प्राप्त हुनेछ ।

कर्कटः दिन प्रतिकूल छ । काम गर्ने जाँगर हराउनेछ । साना साना समस्याले दुःख दिनसक्नेछ । खर्चमा वृद्धि हुनेछ ।धैर्य गर्नु बेस हुनेछ ।

सिंहः दिन अत्युत्तम रहनेछ । पारिवारिक सुख मिल्नेछ । व्यापार व्यवसाय फस्टाउनेछ । प्रियजनसँग भेटघाट हुनेछ । मनोरञ्जन गरिनेछ ।

कन्याः दिन उत्तम रहनेछ । नयाँ कामको अवसर आउनेछ । सानो परिश्रमले ठूलो उपलब्धि हासिल हुनेछ । दीर्घकालीन काम बन्नेछ ।

तुलाः दिन सन्तोषजनक रहनेछ । मनको डर, चिन्ता हट्नेछ । काम गर्ने वातावरण अनुकूल हुनेछ । नयाँ साथीभाइ भेटिनेछन् ।

वृश्चिकः दिन प्रतिकूल रहनेछ । आँटे ताकेको काम बन्न कठिन हुनेछ । खर्चको मात्रा बढ्नेछ । ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ ।

धनुः दिन उत्तम रहनेछ । सामाजिक कार्यव्रmममा सहभागी भइनेछ । यश, कीर्ति मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।

मकरः दिन राम्रो रहनेछ । बोलीवचनमा प्रभाव बढ्नेछ । आर्थिक कारोबार हुनेछ । मीष्ठान्न भोजन मिल्नेछ । शरीर स्वस्थ रहनेछ ।

कुम्भः दिन भाग्योदयकारक रहनेछ । मनोबल उच्च रहनेछ । महत्वपूर्ण काम हात लाग्नेछ । निर्णय क्षमताको विकास हुनेछ ।

मीनः दिन प्रतिकूल रहनेछ । काममा व्यवधान आउनसक्छ । मानसिक चिन्ता पर्नसक्छ । खर्चमा वृद्धि हुनेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.