समायोजनमा जाने कर्मचारीको सङ्ख्या ५० हजार नाघ्यो

पुस २६, काठमाडौं। सङ्घ, प्रदेश र स्थानीय तहको समायोजनमा जानका लागि अनलाइनमार्फत् निवेदन दिने नेपाल सरकारका कर्मचारीहरूको सङ्ख्या बुधबार कार्यालय समयसम्म ५० हजार १७९ जना पुगेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुरेश अधिकारीका अनुसार ती मध्ये २५ हजार २५२ जनाले पोष्टिङ नै रोजिसकेका छन् भने २४ हजार ९३७ जनाले अनलाइन्मार्फत निवेदन दर्ता गराएका छन् । ती कर्मचारीहरुको पोष्टिङ हुने क्रम जारी छ ।

यही पुस ११ गतेबाट कर्मचारीबाट आवेदन माग गरिएको र माघ २ गतेसम्म कर्मचारीहरुले समायोजनमा जानका लागि निवेदन दिनैपर्ने बाध्यता छ । कतिपयले आफूले चाहेको स्थानमा जान सुरुमै निवेदन दर्ता गराएका छन् भने कतिपय अन्तिममा दर्ता गर्ने भन्दै आलटाल गरिहेको पाइएको छ ।

सरकारले सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ गरी कुल एक लाख ३८ हजार १७८ कर्मचारीका लागि दरबन्दी तयार गरी समायोजन हुन कर्मचारीबाट आवेदन आह्वान गरेको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.