पशुपति क्षेत्रको गुरुयोजना बनाउन जनतासँग छलफल गर्नुपर्छः युवा नेता थापा

पुस २५, काठमाडौं । नेपाली काँग्रेसका युवा नेता एवम् पूर्व स्वास्थ्यमन्त्री गगन थापाले स्थानीय जनतासँग घनिभूत छलफल गरेर मात्रै पशुपति क्षेत्रको बृहत्तर गुरुयोजना बनाउन उपयुक्त हुने धारणा राखेका छन् ।

काँग्रेस नेता थापाले स्थानीय जनताको व्यापक सहभागिता र सबै राजनीतिक दलहरुसँग परामर्श गरेर पशुपति क्षेत्रको वृहत्तर गुरुयोजना बनाउन उपयुक्त हुने बताएका हुन् । उनले पशुपति क्षेत्रको सबै सम्पदाहरुको उचित व्यवस्था गर्न पनि पशुपति क्षेत्र विकास कोषको ध्यानाकर्षण गराए । बुधबार पशुपति क्षेत्रको बृहत्तर विकासका लागि गुरुयोजना बनाउने विषयमा आयोजित छलफल कार्यक्रममा बोल्दै उनले नेपालको सनातन धर्मकै पवित्र

स्थल रहेको पशुपतिनाथ क्षेत्रको विकासमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । काँग्रेस नेता थापाले स्थानीय जनताको सहभागिताविना नै पशुपति क्षेत्रको विकास गर्छु भन्ने सोच गलत हुने पनि बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.