नवौं पोखरा महोत्सव हुदैं

पुस २४, पोखरा । पोखराको अमरसिंहचौरमा हुने ‘पोखरा महोत्सव’ को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । युनाइटेड क्लव पोखराको आयोजनामा यही पुष २७ गतेदेदि माघ ८ गतेसम्म महोत्सव आयोजना हुँदैछ ।

‘युवाको जांगर राष्ट्र निर्माणको आधार’ भन्ने मूल नाराका साथ स्थापना भएको क्लवले आयोजना गर्ने महोत्सवमा यस वर्ष २ सय ५० स्टल रहने क्लवले जनाएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष लालकाजी गुरुङले १२ दिनसम्म सञ्चालन हुने महोत्सव स्थानिय कला, संस्कृति, भेषभुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको बिकासबाट देशलाई समृद्धितर्फ लम्काउने उद्धेश्यले आयोजना गरिएको जानकारी दिए । महोत्सवमा सुचना प्रविधिकोे जानकारी, पोखरा र आसपासका पर्यटकीय क्षेत्रको प्रवर्द्धन र स्थानिय स्तरमा उत्पादित वस्तुको बजारीकरण, स्थानियदेखि राष्ट्रिय स्तरका कलाकारको प्रतिभा प्रस्फुटन गराइने उनले बताए ।

महोत्सवमा राष्ट्रिय तथा स्थानिय स्तरका कलाकारहरुले प्रस्तुतका साथै मनोरन्जनात्मक कार्यक्रमहरु समावेश हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार महोत्सवको अवसरमा युनाइटेड क्लव पोखराको अगुवाईमा निर्माणाधिन पोखरा जिओलोजिकल पार्क घुमाइने छ । महोत्सव प्रवेशका लागि टिकट दर ८० रुपैयाँ कायम गरिएको छ भने विद्यार्थीलाई ६० रुपैया टिकट दर कायम गरिएको छ । २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ । १ करोड २६ लाख १० हजार आम्दानी गर्ने तथा ८७ लाख ५० हजार खर्च हुने र ३८ लाख ६० हजार बचत गर्ने आयोजक क्लवको प्रक्षेपण छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.