पुस २४, भक्तपुर । एटिएम मेसिन चोरी गर्न खोजेको आरोपमा सोमबार प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले पुस १८ गते राति भक्तपुरको सूर्यविनायकस्थित सानीमा बैंकको एटिएम मेसिन चोरी गर्न खोजेको आरोपमा प्रहरीले काभ्रे तेमाल गाउँपालिका–२, सस्र्युंखर्क घर भई हाल बनेपा बस्ने वर्ष ३९ का रमेश पाण्डे र सूर्यविनायक नगरपालिका–६ का वर्ष २६ का दिनेश सुकुभटूलाई पक्राउ गरेको हो ।
बैंकले गरेको उजुरीका आधारमा अनुसन्धान गर्दा उनीहरू पक्राउ परेको परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलले बताए । महानगरीय प्रहरी वृत्त ९जगात० बाट खटिएको प्रहरी टोलीले उनीहरूलाई सूर्यविनायकबाटै नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नागरिकबाट

