विश्व बैंकका अध्यक्षद्वारा अप्रत्यासित राजीनामाको घोषणा

पुस २४, काठमाडौं । विश्व बैंकका अध्यक्ष जिम योङ किमले अप्रत्यासित रुपमा राजीनामा दिने घोषणा गरेका छन् ।

जिमले आगामी फेब्रुअरी १ देखि लागू हुने गरी राजीनामाको घोषणा गरेका हुन् । उनी ६ वर्षदेखि विश्व बैंकको अध्यक्ष रहँदै आएका थिए । ५९ वर्षीय जिम सन् २०२२ सम्म विश्व बैंकको अध्यक्ष रहनुपर्ने भए पनि राजीनामा घोषणा गरेका हुन् । उनीँ सन् २०१७ मा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए ।

जिमले राजीनामाको कारण खुलाएका छैनन् । उनी विकासोन्मुख देशमा पूर्वाधार विकासका लागि आवश्यक पर्ने लगानी बढाउने काममा सक्रिय हुने विश्व बैंकले जनाएको छ । जिमले आफ्नो वक्तव्यमा विश्व बैंक जस्तो महत्वपूर्ण संस्थाको अध्यक्षका रुपमा काम गर्न पाउनु ठूलो सम्मानको कुरा रहेको उल्लेख गरेका छन् । विश्व बैंकको नयाँ अध्यक्षको जिम्मेवारी प्रमुख कार्यकारी अधिकृत क्रिस्टालिना जोर्जिएभाले लिने सम्भावना रहेको बताइएको छ ।–एजेन्सी

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.