पुस २३, काठमाडौं । नेपाल फर्निचर तथाफर्निसिङ संघको १९ औं वार्षिक साधारणसभाले रुपेश प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
संघको साधारण सभाले नयाँकार्यसमितिका सबै पदाधिकारी निर्विरोध चयन गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा शुभेन्द्र जोशी, उपाध्यक्षमा दिनेश अग्रवाल र मनिष अग्रवाल चयन भएका छन् । यसैगरी महासचिवमा ओम बस्नेत, कोषध्यक्षमा पूर्ण ब्रज्राचार्य, सचिवमा अर्जुन घिमिरे र सह कोषाध्यक्षमा सुष्मा लम्साल चयन भएका छन् ।
निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल सहित संघको १९ सदस्यीय कार्य समितिमा अरुण कुमार चौधरी, किरण वगिडिया, केदारनाथ बस्ताकोटी, योगेन्द्र कार्की, डम्बर पराजुली, रमिता श्रेष्ठ र दिलबिक्रम श्रेष्ठ सदस्य छन् । थप ३ जना सदस्य मनोनयन हुनेछन् । साधारण सभाले संघको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा चालु आर्थिक वर्षको अनुमानित बजेट समेत पारित गरेको छ ।

