वडा सचिवविरुद्ध विशेष अदालतमा मुद्दा

पुस २३, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको बुटवल उपमहनागरपालिका वडा नं. १३ का वडासचिव (शाखा अधिकृत) भरत कुमार काउचाले विरुद्ध भ्रष्टाचार गरेको आरोपमा काठमाडौं विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

बसाइँसराइसम्बन्धी काम गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको जनाउँदै अख्तियारले उनी विरुद्ध आइतबार मुद्दा दायर गरेको हो । अख्तियारले उनलाई पाँच हजार घुससहित केही दिनअघि बुटवलमा पक्राउ गरेको थियो । अख्तियारले आइतबार दायर गरेको मुद्दामा उनीसँग ५ हजार रुपैयाँ विगो दाबी समेत गरिएको छ । बसाइँसराइसम्बन्धी काम गरिदिने भनी सेवाग्राहीसँग घुस मागेको उजुरी परेपछि अख्तियारले काउचाले माथि अनुसन्धान सुरु गरेको थियो । यसैक्रममा उनलाई ५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा बुटवलस्थित अख्तियारको कार्यालयबाट गएको एक टोलीले पक्राउ गरेको थियो । त्यसपछि थप अनुसन्धान गर्दा उनले सेवााग्राहीसँग घुस लिएको पुष्टि भएपछि अख्तियारले मुद्दा दायर गरेको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.