प्रारम्भ खबर ।
पुस २३, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै वाईडबढि जहाज खरिदमा आफ्नो कुनै संलग्नता नभएको दावी गरेका छन् ।
मन्त्री अधिकारीले सञ्चारकर्मीको प्रश्नमा जवाफ दिर्दै देशको विकास र परिवर्तनका लागि आफुले निस्वार्थ रुपमा काम गर्दै आएको बताउँदै जहाज खरिदमा बैना नडुबोस भनेर अन्तिम किस्ता भुक्तानी दिएको प्रष्ट्र पारे । मन्त्री अधिकारीले निगमलाई डुबाउने खेल पटक–पटक हुने गरिएको छ, होसिएर भएर काम गर्नुपर्ने बताउँदै आफु त्यसप्रति विचल्ति नहुने बताए ।
मन्त्रालयको नेतृत्व गर्दा जिम्मेवारीलाई पूरा गरेको उल्लेख गर्दै नागरिकको विचमा कुनै पनि भ्रम नपार्न सबै पक्षलाई आग्रह गर्दै अनिमियतताको जडभित्र प्रवेश गरेर समाधान गर्न आफु र मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिवद्धतता पनि व्यक्त गरे ।

