सुन्तला खेतीबाट वार्षिक १० लाखसम्म आम्दानी

पुस २२, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाको सिम्ले अहिले सुन्तला खेतीका लागि नमुना गाउँ बनेको छ । उक्त गाउँका मानिसहरुले सुन्तला विक्रीबाट वार्षिक ५० हजार देखि १० लाख रुपैयाँ सम्म आम्दानी गर्दै आएका छन । सुन्ताला गाउँबाट परिचित बन्दै गएपछि सिम्लेमा आन्तरिक पर्यटकहरु समेत आउन थालेका छन ।

हो यहि गाउँ हो सुन्तलाका लागि नमुना गाउँ बनेको अर्घखाँचीको सिम्ले । सुन्तलाको सिजनका कारण गाउँ नै पयालपुर भएको छ । गाउँका हरेक घरपरिवारको मुख्य आम्दानी नै सुन्तला खेती बनेको छ । यहाँका मानिसहरुले परम्परागत खेतिबाट वार्षिक २० हजार आम्दानी नहुने जग्गामा लगाएको सुन्तलाबाट ८ लाख सम्म आम्दानी भएको बताउँछन । आम्दानी राम्रो हुन थालेपछि यहाँका मानिसहरु सबैले व्यवसायीक रुपमा सुन्तला खेती गरेका छन ।

सुरुमा २०५१ सालमा पाल्पाबाट सुन्तलाका विरुवा ल्याएर लगाएका कृषक मोहन पौडेलले राम्रो आम्दानी गर्न थालेपछि गाउँका सबैले व्यवसायीक सुन्तला खेती गर्न थालेका हुन । गाउँमा सुन्तला खरिद गर्न रुपन्देही र नवलपरासीबाट व्यापारीहरु घरमै आउने गरेको किासनहरु बताउँछन ।

त्यस्तै सुन्तला बगान हेर्न आन्तरिक पर्यटकहरु समेत आउने गरेका छन । कृषि ज्ञान केन्द्रका अनुसार अर्घखाँचीमा १२ सय हेक्टर जमिनमा सुन्तला खेती लगाइएको छ भने २४ करोड बराबरको सन्तला उत्पादन भएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.