पुस २२, काठमाडौं । महानगरिय प्रहरी परिसरको टोलीले काठमाडौं स्थित बौद्धको फुलबारी क्यासिनोमा छापा मारेको छ । आइतबार विहान प्रहरीको टोलीले उक्त मिनि क्यासिनोमा छापा मार्दा १५ किलो क्वाइन र ७ लाख १९ हजार ८ सय २० रुपैयाँ बरामद गरेको छ ।
क्यासिनोबाट प्रहरीको टोलीले तास र कौडा सहित २१ जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका उनीहरु माथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

