पुस २२, मोरङ । प्रदेश १ सरकारले करिब ४ करोड रुपैयाँ खर्चेर भीआईपीका लागि सवारी साधन खरिद गरेको छ ।
भीआईपी र भीभीआईपीको सवारी व्यवस्थापनका लागि प्रदेश १ सरकारले निशान पेट्रोल ब्राण्डको दुई गाडी खरिद गरेको हो । चालू आर्थिक वर्षको बजेटमा गरिएको व्यवस्थाअनुसार, २ करोड ७ लाख ५० हजार र १ करोड ७९ लाख ५० हजार रुपैयाँमा सुविधा सम्पन्न दुई सवारी खरिद गरेको प्रदेश १ सरकारले जनाएको छ ।
भीआईपी र भीभीआईपीको सवारी व्यवस्थापनमा प्रयोग गर्न प्रदेश सरकारले छुट्याएको बजेटको परिधिमा रहेर नँया गाडी खरिद गरिएको प्रदेश सरकारले जनाएको छ ।

