ब्राजिलको सियरा राज्यमा सेना परिचालन

पुस २२, काठमाडौं । ब्राजिलको सियरा राज्यमा बढ्दै गएको आपराधिक गतिविधी नियन्त्रणका लागि ३ सय सेना परिचालन गरिएको छ ।

सियरा राज्यमा रहेका पसल र बैंकमा लुटपाट हुन थालेपछि स्थिति नियन्त्रणमा लिन ३ सय सेना परिचालन गरिएको हो ।
स्थानीय कारागारमा केही आपराधिक समूहले कारागार नियन्त्रणमा लिई हिंसा चर्काउनुका साथै कारागारमा रहेका अन्य कैदीमाथि कुटपिटसमेत गरेको बताइएको छ । स्थिति नियन्त्रणमा लिन ब्राजिल सरकारले कारागारभित्र मोबाइल फोनमा प्रतिबन्ध लगाउनका साथै आपराधिक गतिविधिमा संलग्नहरुलाई छुट्टै राख्ने निर्णय गरेपछि त्यसको विरोधमा आपराधिक समूहले सिएरा राज्यमा लुटपाट मच्चाएका हुन् ।–एजेन्सी

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.