विद्यालयमा सौर्य ऊर्जा र सिसी क्यामरा जडान

पुस २२, कञ्चनपुर । यहाँकाे शुक्लाफाँटा नगरपालिका–१० झलारीमा रहेको श्रीकृष्ण माध्यमिक विद्यालयमा सौर्य ऊर्जा जडान गरिएको छ ।

विद्यालयको प्रशासनिक र शैक्षिक गतिविधिलाई प्रविधिको प्रयोग गरेर सहज, प्रभावकारी र व्यवस्थित बनाउन वातावरण मन्त्रालयअन्तर्गत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा सौर्य ऊर्जा जडान गरिएको विद्यालयका शिक्षक राजेन्द्रप्रसाद पाण्डेयले बताए । विद्यालयमा दुई किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरी विद्युत आपूर्ति गराइएको छ । शिक्षक पाण्डेयका अनुसार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले विद्यालयका लागि रु चार लाख ५७ हजार ८९० अनुदानस्वरुप उपलब्ध गराएको हो । सौर्य ऊर्जा जडान भएपछि विद्यालयमा कम्प्युटर कक्षा र १२ वटा पङ्खा, प्रिन्टर, प्रशासनिक काम र अन्य शैक्षिक गतिविधिमा सहज भएको छ ।

यसैगरी, विद्यालयको पठनपाठन गुणस्तरीय एवं शौक्षिक सुधार गर्नका लागि विद्यालयमा सिसी क्यामरासमेत जडान गरिएको छ । रु ४० हजारको लागतमा विद्यालयको आन्तरिक कोषबाट चार सिसीटिभी क्यामरा जडान गरिएको हाे ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.