पुस २१काठमाडौं । नेपाल का युवा स्टार खेलाडी सन्दिप लामिछाने आवद्ध टिम स्यलहेट सिक्सर्स ले बङ्लादेश प्रिमियर लिग ( बिपिएल ) को पहिलो खेल मा भोलि कोमिल्ला भिक्टोरिएन्स को सामना गर्दैछ ।
प्रतियोगिता को तेस्रो तथा टिम को पहिलो खेल भोलि आईतवार नेपाली समय अनुसार करिव पौने १ बजे पछि श्री बङ्ला नेशनल रंगशाला मिरपुर ढाका मा हुनेछ ।
सन्दिप आवद्ध स्यलहेट लाई चर्चित अस्टेलियन क्रीकेटर डेबिट वार्नर ले कप्तानि गर्ने छ्न । यस्तै टिम मा चर्चित अनुहार मोहम्मद ईरफान , सोहेल तन्बिर, इमरान ताहिर, लिटन दास, निकोलस पुरन, तस्किन एहमद, फाबियन एलेन , अल अमिन हुसेन, आन्द्रे प्लेचर जस्ता खेलाडीहरु रहेका छ्न ।
यता कोमिल्ला भिक्टोरिएन्स तमिम ईकबाल को कप्तानी मा रहेको टिम हो जहाँ आमूल हक , मेहदी हसन , मोह्म्मद सैफुदिन , मोहम्मद साहिद , साहिद अफ़्रिदि र सोएव मलिक जस्ता खेलाडी हरु रहेका छ्न ।
सन्दिप को टिम स्यलहेट ले यसपटक बाक्लो सङ्ख्या मा बिदेशी खेलाडी भित्राएको छ , लिग को प्राबधान अनुसार अन्तिम ११ मा मात्र ४ बिदेशी खेलाडी लाई समाबेश गर्न पाउने ब्यबस्था रहेको हुँदा अन्तिम ११ मा सन्दिप ले आफ्नो स्थान बनाउने छ्न या छैनन त्यो भोलि नै थाहा हुनेछ । तर सन्दिप को उत्कृष्ट लय अहिले जारी छ पछिल्लो अस्टेलिया को उच्च लिग बिग ब्यास मा गरेको उत्कृष्ट प्रदशन को आधार मा सन्दिप प्रती टिम निकै प्रभावित भएको छ ।
यस अर्थमा टिमले भोलि पहिलो खेल मै सन्दिप लाई मौका दिने सम्भावना प्रबल रहेको छ ।
बङ्लादेश प्रिमियर लिग ( बिपिएल ) लाई बङ्लादेश को गाजी टेलिभिजन अर्थात जि टिभि ले प्रत्यक्ष प्रशारण को जिम्मा लिएको छ । यस्तै मासरङ्गा टेलिभिजन र च्यानल ९ ले पनि प्रत्यक्ष प्रशारण गर्नेछ ।
यस्तै पाकिस्तान को जिओ टेलिभिजन तथा भारत को डि- स्पोर्ट्स ले पनि प्रत्यक्ष प्रशारण गर्नेछ ।
तर नेपाल मा यी च्यानल हरु को पहुच भने निकै कठिन रहेको छ , यसका लागि सन्दिप को खेललाई अनलाईन मार्फत हेर्नू पर्ने अवस्था आउन सक्छ ।
अनलाईम मा बिभिन्न मोबाईल एप्स तथा वेव हरु छ्न जसले बिपिएल को प्रत्यक्ष प्रशारण गर्दै आएका छ्न ।
र सबैको पहुच मा पुग्ने सरल माध्यम को रुपमा रहेको यु-टुभ मा पनि बिपिएल को खेल हेर्न सकिने छ त्यसका लागि रब्बिथोलेब्द ष्पोर्त्स युटुभ च्यानल ले आधिकारिक रुपमा बिपिएल को प्रत्यक्ष प्रशारण गर्नेछ ।
प्रतियोगिता मा कुल ७ टिमको सहभागिता रहेको छ । डवल राउन्ड रोबिन र प्ले अफ खेल लिग मा हुनेछ भने जनवरि ५ बाट सुरु भएको प्रतियोगिता फेब्रुअरी ८ तारिख सम्म चल्नेछ ।
सन्दिप को ब्यस्तता
बिपिएल को लागि बङ्लादेश मा रहेका सन्दिप अहिले निकै ब्यस्त छ्न , उनलाई आफ्नो खेलतालिका ब्यबस्थापन गर्न निकै गार्हो परिरहेको छ , ग्लोबल आईकन बनिसकेका उनी क्रमश बिश्व का ठुला ठुला लिग मा अनुबन्धित हुँदै गएका छ्न , समस्या कहाँ निर छ भने यी लिग को समय एक अर्का सगँ जुधिरहेको हुन्छ जसले उनले लिग लाई पूरा समय दिन पाई रहेका छैनन । तर यसलाई उनले राम्रो सगँ ब्यबस्थापन गरि अहिले अगाडी बढिरहेका छ्न ।
केही दिन अघि अस्टेलिया को उच्च लिग बिग ब्यास का सुरुवाती ४ खेल खेली उनी बङ्लादेश पुगेका हुन ।
पुर्ब जानकारी अनुसार बिग ब्यास कै दौरान बङ्लादेश प्रिमियर लिग ( बिपिएल ) सुरु हुन लागेपछी बिग ब्यास का सुरुवाती ४ खेल आफ्नो टिम मेलबर्न स्टार्स बाट खेलेपछी पुर्ब निर्धारित सम्झौता अनुरुप उनि बिपिएल खेल्न बङलादेश पुगेका हुन ।
बिग ब्यास मा अनुबन्धित हुनु अघि नै सन्दिप ले आफ्नो ब्यस्तता र सम्झौता को पुर्ण जानकारी मेलबर्न सगँ राखेका थिए र सोही अनुरुप मेलबर्न ले पनि सन्दिप लाई ठूलो रकम मा अनुबन्धित गरेको थियो ।
निकै ब्यस्तता मा रहेका सन्दीप ले बङ्लादेश प्रिमियर लिग का क्रम मा पनि यता नेपाल र युएई बिच हुने अन्तर्राष्ट्रिय सिरिज मा पनि सहभागी जनाउने खबर छ सिरिज जनवरि २५ देखि फेब्रुअरी ३ सम्म चल्नेछ उनी अहिले युएई भ्रमण को प्रारम्भिक २० सदस्य भित्र पनि रहेका छ्न ।
यसपछि उनी बङ्लादेश मा उनी आबद्ध टिम को यात्रा कस्तो गर्नेछ सोही कुरा ले उनको बाकि यात्रा तय गर्नेछ यदि उनी आबद्ध टिम ले लिग को प्ले अफ स्थान बनाएको खन्डमा उनि पुन टिम मा फर्किने छन ।
यस्तै बिग ब्यास मा पनि सोही कुरा लागू हुनेछ बङलादेश प्रिमियर लिग फेब्रुअरी ८ तारिख सम्म चल्नेछ भने बिग ब्यास फेब्रुअरी १७ सम्म यदि टिम ले बिग ब्यास मा राम्रो गर्दै अन्तिम सम्म पुगेको खन्ड मा पनि उनी पुन बिग ब्यास खेल्न अस्टेलिया फर्किने छ्न ।
स्यलहेट सिक्सर्स को खेल तालिका
• जनवरी ६ – कोमिल्ला भिक्टोरिएन्स
• जनवरी ९ – चिट्टागोंग भिकिङ्गस
• जनवरी १२ – ढाका डाइनामाइट्स
• जनवरी १५ – कोमिल्ला भिक्टोरिएन्स
• जनवरी १६ – रंगपुर राइडर्स
• जनवरी १८ – ढाका डाइनामाइट्स
• जनवरी १९ – रंगपुर राइडर्स
• जनवरी २३ – खुल्ना टाईटन्स
• जनवरी २५ – राजशाही किंग्स
• जनवरी २६ – खुल्ना टाईटन्स
• जनवरी ३० – राजशाही किंग्स
• फेव्रुअरि १ – चिट्टागोंग भिकिङ्गस

