‘भाषिक तथा बालमैत्री शिक्षाको आवश्यकता’ – उपसभामुख तामाङ

प्रारम्भ खबर ।
पुस २१, काठमाडौं । नेपाल तामाङ समाजले राजधानीमा आयोजीत एक सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रममा प्रदेश नं. ३ का उपसभामुख राधिका तामाङले मुलुकमा भाषिक तथा बालमैत्री शिक्षाको आवश्यकता रहेको बताउनुभयो ।

‘शिक्षा, नेतृत्व र आर्थिक विकासको पहुँचमा तामाङ समुदाय’ विषयक तामाङ समुदाय जागारण –२०७५ अभियानका लागि सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख राधिका तामाङले केन्द्रिकृत सोचलाई चिर्दै तामाङ समुदायका नेतृत्वकर्ताहरु अगाडी बढ्नुपर्ने सुझाव दिनुभयो । उपसभामुख तामाङले शिक्षा नीतिमै परिमाजर्नन गर्न आवश्यक रहेको प्रस्ट्याउँदै शिक्षालाई भाषिक तथा बालमैत्री बनाउने पक्षमा सदनमा प्रस्ताव लैजाने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रममा प्रदेश सांसद आशामाया तामाङले नेतृत्व तहमा समुदायलाई लैजान सबै तामाङ संस्थाहरुलाई एक जुट बनाउन आफुले भूमिका खेल्ने बताउनुभयो । सांसद तामाङले तामाङ समुदायको हकहित र अधिकारका हरेक विषयमा सदनमा कुरा उठाउने जिकिर गर्नुभयो । उहाँले प्राविधिक शिक्षामा जोड दिनुहुदै हरेक स्थानीय तहमा समेत शैक्षिक जागारणलाई पनि संगै लानुपर्ने सुझाव दिनुभयो । प्रदेश सांसद तामाङले नेतृत्व विकासमा आउनलाई शिक्षालाई प्राथामिकता दिर्दै सक्षम र क्षमता अभिवृद्धिका लागि समय सन्र्दभअनुसार बहस तथा अन्तरक्रिया कार्यक्रमहरुलाई निरन्तरता दिनुहुदै जानुपर्ने र आफ्नोतर्फबाट सहयोग समेत गरिने प्रतिवद्धतता व्यक्त गर्नुभयो ।

पूर्व कानुन राज्यमन्त्री दिलमान पाख्रिनले नेतृत्वको लागि राजनीतिक चेतनामा जोड दिनुपर्ने सुझाव दिनुभयो । आर्थिक विकासका लागि संस्थागत तथा सामुहिक व्यवसाय गर्नुपर्ने बताउँदै उत्पादन क्षेत्रमा लगानी गर्ने खालको चेतना समुदाय स्तरमा पु¥याउन आवश्यक रहेको बताउनुभयो। राजनीतिक आस्था जहाँ भएपनि संस्कार, संस्कति र अधिकारका विषयमा एक ठाउँमा उभिन सबै राजनीतिक दलमा रहेका तामाङ नेतृत्वलाई आग्रह गर्नुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.