निर्मला प्रकरणलाई कुनै हालतमा ढाकछोप हुन नदिनेः सभापति देउवा

पुस २१, विराटनगर। नेपाली कांग्रेसका सभापति एवम पूर्व प्रधानमन्त्री शेरबहादुर देउबाले सरकारले उद्योग चलाउने भन्दा पनि औद्योगिक वातावरण बनाएर उत्पादन वृद्धिमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

शनिबार मोरङको लेटाङमा नेपाल राष्ट्रिय मगर संघले आयोजना गरेको एक नम्बर प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउबाले सरकारले उद्योग चलाउने कुरालाई पार्टीले गम्भीर रुपमा लिएको जानकारी दिनुभयो । उहाँले सरकारले विभिन्न कर लगाएर उद्योग व्यवसायीलाई मात्र नभइ स्थानीय जनतालाई समेत आर्थिक भार थोपरेकोले कर वृद्धि सच्याउन आग्रह समेत गर्नुभयो ।

सभापति देउबाले मुलुकमा शान्ति सुरक्षाको अवस्था खस्किएको प्रति सरकार गम्भीर हुन नसकेको बताउदै निर्मला पन्तको बलात्कार र हत्या प्रकरणलाई कुनै पनि हालतमा ढाकछोप हुन नदिने बताउनु भयो ।

सभापति कोइरालाले नेपाल वायुसेवा निगमको वाइड बडी प्रकरणको छानबिनका लागि बनाएको आयोगले संलग्न दोषी कसैलाई छाड्न नहुने बताउनु भयो ।

नेपाली कांग्रेसका केन्द्रीय नेताहरु समेत सहभागी सो दुई दिने प्रशिक्षण कार्यक्रममा एक नम्बर प्रदेशका १४ जिल्लाबाट २५० जना प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.