पुस २१, धनकुटा। मदन पुरस्कार बिजेता साहित्यकार झमक घिमिरेको जीवनमा आधारीत ‘जीवन काँडा कि फूल’ फिल्म आगामी चैत्र २२ गतेदेखि नेपाल भरीका चलचित्र हलमा प्रर्दशनी हुने भएको छ ।
शनिबार धनकुटामा पत्रकार सम्मेलनमा दीएको जानकारीमा आगामी चैत्र २२ गते देखि नेपाल भरका हलमा फिल्म प्रर्दशनी गरिने जनाईको हो । देब्रे खुट्टाका तीन औँलाको सहायतामा करिब डेढ बर्ष लगाएर झमकले लेखेको आत्मकथा ‘जीवन काँडा कि फूल’ नामक साहित्यीक कृतिले २०६७ शालमा मदन पुरस्कार प्राप्त गरेको थियो । सोहि जीवन कहानीमा आधारीत भएर विष्टब्रर्दश फिल्म प्रालिले झमकको जीवनको आधारमा २ घण्टा ५ मिनेट लामो फिल्म बनाएको निर्माता निर्देशक विनोद विष्टले जानकारी दिए ।
पत्रकार सम्मेलनमा झमकले आफ्नो जीवनमा आधारीत पुस्तक ‘जीवन काँडा कि फुल’मा लेखिएको भन्दा आमाको भुमिका अलि कडा आएको भन्दै फिल्म हेर्ने दर्शकहरुलाई फिल्मलाई फिल्मको रुपमा हेरेर मनोरञ्जन लिई प्रतिक्रिया दिन गर्न आग्रह गरेकी छिन ।

