बोरा भित्र शिशु

पुस २१, चितवन। सालनालसमेत नकाटिएको अवस्थामा एक शिशु फेला परेको छ ।

लेवाटारमा शनिबार बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको हो । लेवाटार र गोरखा शहीद लखन गाउँपालिकास्थित ठेवाटार जोड्ने पुलमुनि बोरामा पोको पारी फालेको अवस्थामा शिशु फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले बताए ।

शिशुलाई चितवन मेडिकल कलेज भरतपुरमा उपचारका लागि ल्याइएको प्रहरीले जनाएको छ । शिशु कस्ले छोडेको हो भन्ने विषयमा अनुसन्धान र खोजी भइरहेको जनाइएको छ ।
रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.