त्रिभुवन विश्वविद्यालयको इतिहास विभागमा शून्य विद्यार्थी, ८ प्राध्यापक

पुस २०, काठमाडौँ। त्रिभुवन विश्वविद्यालयअन्तर्गत इतिहास केन्द्रीय विभागमा आठ जना प्राध्यापक कार्यरत छन ।

तर यो विभाग एक वर्षदेखि विद्यार्थी शून्य छ , ती प्राध्यापकको तलबका लागि त्रिविले वार्षिक ५० लाखभन्दा धेरै रकम खर्च गरिरहेको छ । त्रिविले प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापकको मासिक तलब सुविधा अधिकतम क्रमशः ५४ हजार, ४९ हजार र ४३ हजार रुपैयाँ तय गरेको छ । विभागको वार्षिक प्रशासनिक खर्च नौ लाख रुपैयाँ छ । विद्यार्थीबाट उठाएको रकमबाट प्रशासनिक खर्च चल्थ्यो । विद्यार्थी नै नभएपछि यो खर्च कसरी धान्ने भन्ने चिन्ता विभागलाई छ ।

विभागका प्रमुख शंकर थापाले भने, ‘प्राइभेट विद्यार्थीको थेसिस हेर्ने र नयाँ विद्यार्थी कसरी ल्याउने भन्ने योजना बनाएर दिन बित्छ ।’

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.