पुस २०, भरतपुर । एकाएक माइतीमा श्रीमान आएको देखेपछि अश्मी रुम्बा खुसी भइन । कुटपिट सहन नसकेपछि तीन महिनादेखि माइतीमा बस्दै आएकी उनलाई श्रीमान विरेन गुरुङ सुध्रिए भन्ने पनि लाज्ञ्ो । साथीसँगै आफूलाई लिन आए भन्ठानेर विगतका सबै घटना बिर्सीन उनले ।
तर कोठामा एक्लै भएको बेला श्रीमानले झोलाबाट बोतल झिकेर एसिड हाल्न आएको भन्ने सुनाउँदा अश्मी छाँगाबाट खसे जस्तै भइन । एसिड शब्द सुनेकी मात्र के थीन्, अश्मीले घोप्टो परेर अनुहार जोगाइन । बाक्लो कपडाका कारण एसिडले उनको शरीरमा असर गर्न भने पाएन ।
घटनामा उनले लगाएको कपडा भने जल्यो । एसिड प्रहारसँगै अश्मी चिच्याइन । सुनेर छिनमै बहिनीहरू कोठामा पुगे । र पुगेर भिनाजुको कुकृत्य रोके । त्यसले पनि अश्मीलाई एसिड लाग्न पाएन । अश्मीको अनुहारमा छिटफुट लागेको एसिड पानीले पखाले । भदौदेखि माइतीमै बस्दै आएकी अश्मी विरेनले माफी मागेपछि पुस १ गते घर गएकी थीन । तर त्यसपछि पनि श्रीमानकाे हिंसा नघटेपछि उनी माइतीमै फर्किएकी थीन ।

