पुस २०, काठमाडाैं। चीनबाट अवैधरुपमा भित्रिएको चार केजी सुनसहित प्रहरीले तीनजनालाई धादिङबाट पक्राउ गरेको छ ।
चीनको केरुङ हुँदै रसुवागढीबाट छिराएर धादिङ पु¥याएउँदै गर्दा प्रहरीले सुनसहित तीनजनालाई पक्राउ गरेको हो । प्रदेश तीनको विशेष प्रहरी टोली र इलाका प्रहरी कार्यालय गजुरीको टोलीले दुईवटा मोटरसाइकलमा लुकाएर लाँदै गरेको अवस्थामासुन बरामद गरेको हो ।
रसुवाबाट नुवाकोट हुँदै धादिङको गल्छीबाट गजुरीतर्फ गइरहेको समयमा रसुवाको उत्तरगया गाउँपालिका–२ का २७ वर्षीय सञ्जीव वाइबा, नुवाकोटको तारकेश्वर गाउँपालिका–५ बस्ने २४ वर्षीय विकास तामाङ र सोही ठाउँका अर्का एक युवक छन ।

