हाेटलमा बन्धक बनाइएका ५ नेपाली महिलाकाे उद्धार

पुस १९, नयाँ दिल्ली । अनेक प्रलाेभन देखाएर नयाँ दिल्ली पुर्याइएका ५ जना नेपाली चेलीकाे उद्धार गरिएकाे छ ।

नयाँ दिल्लीको महिपालपुरको गुलसन पेलेस होटेलबाट उनीहरुकाे उद्धार गरिएकाे हाे । रुपन्देही, सर्लाही, झापा, कास्की र मोरङ जिल्लाबाट ती महिलाहरुलाइ अाकर्षक कमाइ र उज्ज्वल भविष्यको सपना देखाउँदै होटल पुर्याइएकाे थियो । २५ दिनसम्म हाेटलमा बन्दक बनाएर राखेकाे सुइँकाे पाएकाे अाधारमा उनीहरुकाे उद्धार गरिएको माइती इन्डियाले जनाएकाे छ । उद्धार कार्य दिल्लीस्थित नेपाली दुताबास, दिल्ली पुलिसको सहयोगमा माइती इन्डियाको टिमले गरेको हो ।

उद्धार गरिएका सबैलाइ आजै कानुनी प्रक्रिया पुरा गरी नेपाल फर्काउने कार्यक्रम रहेकाे माइती इन्डियाले जानकारी दिएकाे छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.