चिनियाँ यान चन्द्रमामा सफलतापूर्वक अवतरण

पुस १९, काठमाडौ । चीनले उसको एक रोबोटिक अन्तरिक्ष यानलाई चन्द्रमाको हालसम्म अध्ययन नगरिएको क्षेत्रमा सफलतापूर्वक अवतरण गराएको जनाइएको छ।

चाँग इ-४ नामक उक्त यान चन्द्रमाको दक्षिणी ध्रुव-एटकेन बेसिनमा अवतरण भएको ग्लोबल टाइम्सले जनाएको छ। उक्त यानले सो क्षेत्रको भौगर्भिक अध्ययन गर्न एवं एक जैविक प्रयोग गर्न चाहिने उपकरण साथमा लगेको छ।

त्यहाँको सञ्चार माध्यमले उक्त अवतरणलाई ंअन्तरिक्ष यात्राको एक महत्त्वपूर्ण कोशेढुङ्गों भनेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.