लगातार घट्दै शेयर बजार

पुस १८, काठमाडौँ । धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ । लगातार घट्दै आएको बजार आज पनि पाँच दशमलव ४२ बिन्दुले घटेर एक हजार १८० दशमलव ४३ बिन्दुमा झरेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १ दशमलव २८ बिन्दुले घटेर २५० दशमलव ५३ बिन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कूल १५४ कम्पनीको सात लाख ५१ हजार ४११ कित्ता शेयर रु २५ करोड ७६ लाख सात हजार १६६ मूल्यमा खरीद बिक्री भए ।

स्टकका अनुसार आज कारोवार भएका कूल ११ उपसमूहमध्ये दुई उपसमूहको मात्रै शेयर बढेको छ । त्यसमा व्यापार दुई दशमलव ७९ र लघुवित्त छ दशमलव ५९ बिन्दुले बढेका छन । बैंकिङ चार दशमलव ४४, होटल पाँच दशमलव ७९, विकास बैंक तीन दशमलव शून्य एक, जलविद्युत १२ दशमलव ६२, वित्त शून्य दशमलव ८६, निर्जीवन बीमा आठ दशमलव ४३, उत्पादन नौ दशमलव २१, अन्य पाँच दशमलव ६८, जीवन बीमा ६८ दशमलव ३९ बिन्दुले घटेका छन ।

घटेको बजारमा कालिका लघुबित्त वित्तीय संस्था, यूनाइटेड इन्स्योरेन्स कम्पनी, साल्ट टे«डिङ लिमिटेड, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाएका छन । अरुण काबेली पावर लिमिटेड, हाथवे फाइनान्स कम्पनी, गुराँस फाइनान्स कम्पनी, सिद्धार्थ इन्स्योरेन्स कम्पनीका शेयरधनीले बढी गुमाएका छन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.