बिग बासमा उत्कृष्ठ प्रदर्शन गरिरहेका सन्दीप एक्कासी बंगलादेश उडे !

पुस १८, काठमाडाैं । बिग बासमा उत्कृष्ठ प्रदर्शन गरिरहेका नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने बुधबार बंगलादेश प्रस्थान गरेका छन । जनवरी पाँचदेखि सुरु हुने बंगलादेश प्रिमियर लिग (बिपिएल) खेल्न लामिछाने त्यसतर्फ लागेका हुन । पछिल्लो समय क्रिकेटमा अन्तराष्ट्रिय तहसम्म धुम मच्चाईरहेका सन्दीपले स्यलहेट सिक्सर्सको तर्फबाट बिपिएलमा खेल्नेछन ।

अस्ट्रेलियाको क्रिकेट लिग बिग बासमा राम्रो प्रदर्शन गरेर अझै आफ्नो लोकप्रीयता जमाइरहेका सन्दीप बुधबार बंगलादेश प्रिमियर लिग खेल्नका लागि सन्दीप बिग बास लिग बिचमै छोडेर बंगलादेशका तर्फ गएका ट्वीटमार्फत जानकारी गराए।

बिपिएल टिम स्यलहेट सिक्सर्ससँग पहिले नै सम्झौता गरेकाले बिग बास लिग बिचमै छोडेर म बंगलादेश गएको हुँ उनले भने। बिग बास क्लब मेलबर्न स्टार्सलाई पनि सन्दिपले यसबारे जानकबारी गराएका छन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.