आफ्नै कार्यकक्षमा लेखापाल रगताम्य हुने गरी कुटिए

पौष १८, काठमाडौं । लमजुङमा एक नगरपालिकाका लेखापाल कार्यकक्षमा रगताम्य हुने गरी कुटिएका छन् । सुन्दरबजार नगरपालिकामा सो घट्ना भएको हो ।

नगरपालिकाको औषधि खरिद सम्बन्धी टेण्डरका बारेमा लेखपाल श्याम पराजुलीलाई स्थानीय जनशक्ति युवा क्लबका अध्यक्ष नवीन श्रेष्ठले मरणासन्न हुने गरी कुटेको सो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन बानियाले बताउनुभयो । पराजुलीको उपचार जिल्ला अस्पतालमा सम्भव नभएपछि गण्डकी अस्पताल पोखरामा रिफर गरिएको र मंगलबार इमरजेन्सीमा भर्ना गरेर उनका दाजु उदयबहादुर पराजुली र बैनी ज्वाईलाई जिल्ला लगाएर आफू फर्केको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताउनु भयो । सो नगरपालिकाले केही दिन अघि औषधि खरिदको टेण्डर आह्वान गरेको थियो, टेण्डर दिन आएका काठमाडौँको एक कम्पनीको टेण्डर तोक लगाएर दर्ता गर्ने क्रममा एक व्यक्तिले च्यातिदिएको थिए । त्यही कारण नगरपलिकाको रिटेण्डर गराएको थियो । यस पटक पनि सोही विषयमा लेखापाल पराजुली कुटिनुभएको हो ।

नवीन श्रेष्ठ तत्कालीन एमाले निकट युवा संघको सुन्दरबजार नगरपालिकाको नगर कमिटिको वरिष्ठ उपाध्यक्ष समेत रहेका उनले अघिल्लो पटकको टेण्डर हुँदा पनि एक कम्पनीको टेण्डर फार्म खोसेर लगी एक दिन राखे पछि भोलिपल्ट नगरपालिका एक पदाधिकारीले सम्झाई फिर्ता ल्याउने काम गर्नुभएको नगरपालिकाका एक कर्मचारीले नाम नछाप्ने सर्तमा बताए । ‘हामीले नगरपालिका कार्यालयमा भएको उक्त घट्नाको जानकारी स्थानीय प्रशासनलाई गरेका छौँ, प्रहरी आएर मुचुल्का गरी लगेको छ पीडितले न्याय पाउनु हुन्छ भन्नेमा हामी ढुक्क छौँ’ –कार्यकारी प्रमुख जीवन ज्ञवालीले बताउनुभयो । ‘बदमासी गर्ने मान्छे फरार रहेको छ, पक्रनका लागि प्रहरी परिचालन गरिसकिएको छ, छिट्टै नियन्त्रणमा आउँछ’ –प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताउनुभयो ।–नेपाल समाचारपत्र

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.