पुस १८, काठमाडौँ । ५७ करोड बैंकिङ ठगीका आरोपी सामान्य धरौटीमा छुटेका छन् ।
तत्कालीन किस्ट बैंकका कर्मचारी तथा ऋणीहरुलाई उच्च अदालत पाटनले न्यूनतम धरौटीमा छाड्ने आदेश दिएको हो ।
नेपाल प्रहरीको केन्दीय अनुसन्धान ब्युरोले बैंकका तत्कालीन कर्मचारी बालनरसिंह घर्ती र प्रगुन श्रेष्ठ तथा ऋणीहरु कुलप्रसाद पोखरेल, प्रमोदकुमार देव र अजयकुमार देवलाई पक्राउ गरी मुद्दा दायर गरेको थियो । नयाँ पत्रिकाबाट ।

