पुस १७, हेलम्बु । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका वडा न. २ स्थित रहेको श्री भुमेस्वरी मा.विले आफ्नो ४५ औं वार्षिकोत्सब भव्यताका साथ सम्पनन गरिएको छ ।
हेलम्बु गाउँपालिका उप प्रमुख कोपिला पण्डितको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लगायत वडा जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोपिला पण्डितले शैक्षिक गुणस्तर वृद्धि गर्न गाउँपालिका बाट नयाँ निति निर्माण गर्न पहल गर्ने बताईन् । त्यस्तै ब्यवस्थापन समितिका अध्यक्ष गङ्गनाथ भण्डारीले शैक्षिक सुधारको लागि शिक्षक, विद्यार्थी तथा अभिभावकको उत्तिकै जिम्मेवारी रहेको हुनाले सबैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।

अभिभावक, विद्यार्थी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायत गाउँलेहरुको सहभागीता रहेको कार्यक्रममा सोही बिद्यालयका विद्यार्थीहरुले विभिन्न खालको रचनात्मक तथा मनोरञ्जनात्मक प्रस्तुतिहरु राखेका थिए ।

