पुस १७, काठमाडौं । सरकारले गाउँपालिका तथा नगरपालिकामा रहने प्रमुख प्रशासकीय अधिकृत पद संघ अन्तर्गतको दरबन्दीमा कायम गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को पुस ९ गते बसेको बैठकले उक्त निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
सरकारले प्रत्येक गाउँपालिकामा नेपाल स्वास्थ्य सेवा, क.न. समूह, प.हे.न. (५–६ र ७ तह) पद संख्या एक थप गर्ने समेत मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय अनुसारको नयाँ संगठन संरचना र दरबन्दी पद दर्ताका लागि राष्ट्रिय कितावखानामा पठाई सकिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

