पुस १६, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातन्त्रीकका अध्यक्ष पशुपति शमशेर राणाले वर्तमान केपी ओली नेतृत्वको सरकार इतिहासमै नालयक रहेको बताएका छन् ।
सोमबार संघीय राजधानी काठमाडौंमा एक साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष राणाले सरकारले राष्ट्र र जनताको पक्षमा सिन्को समेत भाँच्न नसकेको आरोप लगाए । उनले राष्ट्रपति विद्या देवी भण्डारीलाई सरकारले प्रदान गरेको सेवा सुविधा प्रति चर्को रुपमा आलोचना गरेका छन् । भन्दा लोकतान्त्रीक गणतन्त्र भन्ने सेवा सुविधा राजा महाराजाको भन्दा बढी लिन मिल्छ भन्दै प्रश्न समेत गरेका छन् ।
अध्यक्ष राणाले वर्तमान सरकार जनमुखी भन्दा पनि आसेपासे, नातेदारहरुलाई संरक्षण गर्नमा व्यस्त रहेको आरोप लगाएका छन् ।

