सेती देविले बार्षिक उत्सब मनाउदै

लनम तामाङ गुराँस ।
पुस १५, काभ्रे । जिल्ला स्थित तेमालमा रहेको सेती देवि माध्यमिक विद्यालये ४१ औं वार्षिक उत्सव मनाउदै छ ।

पुस १८ गते हुने उक्त कार्यक्रममा कभ्रे क्षेत्र नं. १ प्रतिनिधि सभाका सांसद गंगा बहादुर दोङ प्रमुख अतिथी र प्रदेशसभा संसद रत्न ढकालको विशेष अतिथिमा सम्पन्न हुने भएको छ। सोही कार्यक्रममा तेमाल गाउँ पलिकाका अध्यक्ष सलाम सिङ तामाङ, उपाध्यक्ष दुर्गमाया तामाङ, वडा अध्यक्ष लक्ष्मी बहादुर घिसिङ र स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति हुने भएको छ । भौतिक संरचना तथा विभिन्न शैक्षिक सामाग्रीहरुको अभाव झेल्दै आएको सो विद्यालयमा थप शैक्षिक सुधारका लागि सरोकारवालाहरुको भूमिका रहेकोले अभिभावक, शिक्षक, सामाजिक संघसंस्थाका प्रतिनिधिहरुलाई समेत कार्यक्रममा सहभागी हुन आयोजकले आग्रह गरेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.