पुस १५, काठमाडौं । अमेरिकाको चर्चित ब्राण्ड जिप्पो नेपाली बजारमा प्रवेश गरेको छ । अमेरिकासहित विश्वभर लाइटरको लागि जिप्पो ब्राण्डले नेपालका लागि आधिकारिक बितरकमा जिपाल कम्पनी प्रालिलाई चयन गरेको छ ।
जिपल कम्पनी प्रालिले नेपाली बजारमा आधिकारिकरुपमा अमेरिकाबाट जिप्पो ब्राण्डका उत्पादनहरु आयात तथा बिक्री गर्नेछ । जिपल कम्पनी प्रालिले नेपालका लागि जिप्पोका बजार प्रतिनिधि, नेपाली कम्पनी जिपाल कम्पनी प्रालिका अधिकारीहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रममा जिपाल कम्पनी प्रालिका म्यानेजिङ्ग डाइरेक्टर मनिष मिश्रा तथा धनबहादुर तामाङ्गले नेपाली बजारमा पहिलो पटक आधिकारिकरुपमा जिप्पो ब्राण्डका लाइटरहरु उपलब्ध गराएको जानकारी दिए ।
जिप्पोका १ सय भन्दा बढि प्रकारका उत्पादनहरु किन्न सकिनेछ । नेपाली बजारमा कम्पनीले न्यूनतम मूल्य २ हजार ५६० देखि अधिकतम २४ हजार रुपैयाँ सम्मका जिप्पो लाइटरहरु बिक्री गर्नेछ । सन् १९३२ मा अमेरिकी नागरिक जर्ज जी ब्लेसफिल्डले जिप्पो ब्राण्डको लाइटरको डिजाइन तथा उत्पादन शुरु गरेका थिए । विश्वभर १६० भन्दा बढि देशहरुमा बिक्री हुने ओरिजिनल जिप्पो लाइटरहरु अमेरिकामा नै बनेका हुन्छन् ।

