अध्यक्ष प्रचण्डद्वारा स्वर्ण पदक विजेता महर्जनलाई बधाई

पुस १५, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले शारीरिक सुगठनमा स्वर्ण पदक विजेता बनेका नेपाली खेलाडी महेश्वर महर्जनलाई बधाई दिएका छन्।

अध्यक्ष प्रचण्डको निमन्त्रणामा प्रचण्ड निवास खुमलटारमा आएका महर्जनले हालै मात्र सम्पन्न शारीरिक सुगठनमा विश्वस्तरको प्रतियोगितामा स्वर्ण पदक जितेका थिए। प्रचण्डले प्रतियोगितामा प्राप्त सफलताले देशको गौरव उँचो पार्न सहयोग गरेकोमा बधाई दिएका हुन्। ‘तपाइँले उत्कृष्ट कौशल देखाउनु भयो। यसबाट नेपाल र नेपालीको शीर गौरवले उच्च भएको छ,’ प्रचण्डले भने, ‘विश्वस्तरको प्रतियोगितामा नेपालका तर्फबाट तपाई प्रस्तुतीले नेपाली पनि अवसर पाए कम छैन भन्ने स्पष्ट पारेको छ।’

आफूले खेल क्षेत्रलाई सधैं प्राथमिकतामा राखेको भन्दै अध्यक्षले नेपालको समृद्धि र विकासमा खेल क्षेत्र र खेलाडीहरुको ठूलो भूमिका रहने समेत बताए। राष्ट्रिय एकता तथा विश्वका अगाडि नेपाललाई चिनाउन खेल क्षेत्रको ठूलो भूमिका रहेको भन्दै अध्यक्षले पार्टी र सरकारका तर्फबाट शारीरिक सुगठनलगायत नेपालको खेल क्षेत्रलाई अझ विकास गर्ने बताए। खेलाडी महर्जनजले व्यक्तिगत लगानी र प्रयासमा ७५ किलो तौल समूहमा स्वर्ण पदक जितेपनि यसक्षेत्रमा राज्यले नै सहयोगी वातावरण बनाइदिन आग्रह गर्दै मिस्टर युनिभर्समा समेत सहभागी हुने इच्छा रहेको बताएका थिए। अध्यक्ष प्रचण्डले सरकार र पार्टीका तर्फबाट उनको खेल जीवनलाई अझै विकास गर्न आवश्यक सहयोगका लागि पहल गर्ने समेत बताए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.