खानेपानी संस्थानमा अध्यक्ष नहुँदा अनिर्णयको बन्दी

पुस १५, काठमाडौं । नेपाल खानेपानी संस्थानमा जारी ४२ दिनदेखिको आन्दोलनलाई खानेपानी मन्त्रालयले चासो नदिँदा अनिर्णयको बन्दी बन्न पुगेको छ ।

गत साउनदेखि रिक्त सञ्चालक समिति अध्यक्ष पदमा हालसम्म नियुक्ति नगर्दा संस्थानका कर्मचारीले तलबसमेत खान पाएका छैनन् । संयुक्त कर्मचारी संघर्ष समितिले गत मंसिर २ गतेदेखि प्रधान कार्यालय तथा संस्थानको २४ वटा शाखा कार्यालयमा संस्थानमा क्रियाशील ४ वटै युनियनले धर्ना दिँदै आएका छन् । संस्थानलाई सक्षम र सुदृढीकरण गरिनुपर्ने, सञ्चालक समितिको अध्यक्ष नियुक्ति गरिनुपर्ने, उपभोक्तामैत्री तथा प्रतिष्पर्धी संस्थान बनाउनुपर्ने, २०६६ सालदेखिको विज्ञापन सर्वोच्च अदालतको निर्णयअनुसार हुनुपर्ने, कर्मचारीको आन्तरिक बृद्धि विकास, संस्थानमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीको रोजगारी ग्यारेन्टी गरिनुपर्नेलगायत माग राखेर आन्दोलनमा उत्रेको नेपाल खानेपानी संस्थान कर्मचारी संघका महासचिव एवं आन्दोलनका सूचना अधिकारी केदार धमलाले जानकारी दिए ।

खानेपानी संस्थान कर्मचारी संगठनका अध्यक्ष एवं संघर्ष समितिका संयोजक रामजी अर्यालको नेतृत्वमा नेपाल खानेपानी संस्थान कर्मचारी संघका अध्यक्ष महेशराज भट्राई, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष समीर पण्डित, राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष झगबहादुर डाँगीको नेतृत्वमा आन्दोलन जारी रहेको संघर्ष समितिका सह संयोजक पदमहरि राईले जानकारी दिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.