रुस र टर्कीले सिरियामा मोर्चा सम्हाल्दै

पुस १५,  मस्को । विश्वकै तनावग्रस्त मुलुकका रुपमा चर्चामा रहेको सिरियाबाट अमेरिकी सेना फिर्ता भएपछि रुस र टर्कीले अमेरिकाले सम्हालेको मोर्चा सम्हाल्ने तयारी गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघिल्लो साता सिरियाबाट अमेरिकी सेना फिर्ता हुने घोषणा गरेका थिए । यसै विषयमा छलफल गर्न टर्कीका विदेशमन्त्री मेब्लु्त चोवाशुग्लुले शनिबार आफ्ना रुसी समकक्षी सर्गेई लैवरोवसँग मस्कोमा वार्ता गरेका थिए । वार्तापछि टर्कीका विदेशमन्त्रीले भने,‘‘अमेरिकाले अचानक लिएको यो फैसलापछि सिरियाको मामिलामा मिलेर काम गर्न रुस र टर्कीबीच सहमति भएको छ ।’’

उनका अनुसार वार्ताका क्रममा अमेरिकाले सेना फिर्ता गर्ने र सिरियाको पछिल्लो अवस्थाका बारेमा छलफल भएको जनाएका छन् । उनले सिरियामा रहेका कट्टरपन्थीको विरुद्धमा पनि मिलेर लड्नेबारेमा छलफल भएको जनाएका छन् ।  –बीबीसी

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.