नाफा सार्वजनिक नगर्न रामदेवको दिव्य फार्मेसीले हालेको मुद्दा खारेज

पुस १३, काठमाडौं । भारत– उत्तराखण्ड उच्च अदालतको फैसलाले योग गुरु रामदेवको दिव्य फार्मेसीलाई ठूलो झड्का लागेको छ । अदालतले उत्तराखण्ड जैविक विविधता कम्पनीको आदेशका विरुद्ध रामदेवले दायर गरेको मुद्दा खारेज गरिदिएको छ।

अदालतमा पेश गरिएको मुद्दामा रामदेवले दिव्य फार्मेसी पूर्ण रुपमा भारतीइ कम्पनी भएकाले उसलाई २००२ को कानूनद्वारा नाफा सार्वजनिक नगर्न छुट दिनुपर्छ।

अदालतलृ फैसलामा जैविक विविधता कानून नै उल्लेख गर्दै यस्ता मामलामा भारतीय कम्पनी पनि विदेशी फर्म जस्तै हुनुपर्ने बताइएको छ । भनिएको छ, ‘फार्मेसीले प्राकृति स्रोतसाधनको प्रयोग निकै गर्ने गरेको छ । यसकारण किसान र आदिवासिका लागि आफ्ना नाफा सार्वजनिक गर्नुपर्छ।’ अदालतले जैविक स्रोतसाधन जुन देशमा हुन्छ, त्यसै देशको सम्पत्ति मात्रै नभइ वर्षौंदेखि संरक्षण गर्दै आएकाहरुको पनि हुने फैसला गरेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.