काभ्रे तेमालमा खुकुरी प्रहारः आक्रमणकारी बिरुद्ध ज्यान मार्ने उद्योगमा मुद्ध दायर

पुस १२, काभ्रेपलाञ्चोक । सामान्य विवादका क्रममा खुकुरी र रडले आक्रमण गर्ने तेमाल गाउँपालिका–६ ठूलोपर्सेलका तीन विरुद्ध ज्यान मार्ने उद्योगमा धुलिखेल जिल्ला प्रहरी कार्यालयमा जाहेरी गरिएको छ ।

मङ्गलबार साँझ उक्त गाउँपालिका–६ होटल डाँडास्थित बसपार्कमा सामान्य विवादका क्रममा स्थानीय ५० वर्षका रकम तामाङ, २३ वर्षका फन्जु तामाङ र १७ वर्षका पाल्देन तामाङले सोही वडाको कुनीटोलका २७ वर्षीय विकास तामाङ, मोक्तान टोलका २५ वर्षीय पाल्साङ तामाङ र २७ वर्षका अनिल लामालाई खुकुरी र फलामे रड प्रहार गरी घाइते बनाएका थिए ।

घटनामा खुकुरी प्रहारबाट टाउकोमा गहिरो चोट लागेका पाल्साङ तामाङको धुलिखेल अस्पतालमा उपचार गरी थप उपचारका लागि बुधबार काठमाडौँ स्थित न्यूरो अस्पताल सिफारिश गरिएको स्थानीयवासी समिप त्रिपाठीले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य दुई घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ ।

केही दिनअघि स्थानीय विद्यालयमा भएको झगडाबारे कुरा भइरहँदा रकम, फुन्जु र पाल्देनसहितले उनीहरूलाई खुकुरी र रड प्रहार गरेको घाइते जाहेरवाला विकास तामाङले बताउनुभयो । उहाँले घटनामा आफ्नो एक तोलाको सुनको सिक्री, आधा तोलाको सुनको औँठी तथा एउटा मोबाइल सेट हराएको बताउनुभयो । प्रहरीले खकुरी र रड बरामद गरी आक्रमण गर्ने तीनै जनालाई पक्राउ गरी हिरासतमा राखेर घटनाको अनुसन्धान भइरहेको जनाएको छ । रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.