आजदेखि कर्मचारी समायोजनका लागि आवेदन खुला

पुस ११, काठमाडौं । सरकारले कर्मचारी समायोजनका लागि बुधबारदेखि आवेदन खुला गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबारदेखि कर्मचारी समायोजनका लागि वेवसाइटमा सूचना प्रकाशित गरेको छ ।

मन्त्रालयले प्रदेश र स्थानीय तहमा सेवा हस्तान्तरण भएका समिति, आयोग प्रतिष्ठान वा यस्तै प्रकृतिका संगठित संस्थाका स्थायी कर्मचारीका लागि, साविकमा जिल्ला विकास समितिहरुको सेवामा स्थायी नियुक्ति पाई हाल जिल्ला समन्वय समिति वा कुनै स्थानीय तहमा कार्यरत कर्मचारीका लागि, र अध्यादेश प्रारम्भ हुनुअघि सरकारी सेवामा नियुक्ति भएका तर नयाँ संरचना तथा दरबन्दीमा नपरेका स्थायी कर्मचारीका लागि छुट्टाछुट्टै आवेदन गर्न मिल्ने गरी चारवटा सूचना मन्त्रालयको वेवसाइटमा प्रकशित गरेको हो । सरकारले संघ, प्रदेश र स्थानीय तहको संगठन संरचना र दरबन्दी पनि स्वीकृत गरेको छ ।

जस अनुसार संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ जना कर्मचारीको दरबन्दी कायम भएको छ । मन्त्रालयका सहसचिव केदारप्रसाद पनेरुले यही संरचना र दरबन्दीका आधारमा कर्मचारी समायोजन प्रक्रिया अघि बढाउने बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.