कृषि कार्यालय प्रमुखसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पुस १०, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला कृषि कार्यालय दैलेखका प्रमुखसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। मंगलबार अख्तियारले कार्यालय प्रमुखसहित १३ जनाविरुद्ध विषेश अदालतमा मुद्दा दायर गरेको हो ।

कृषि सामाग्री खरिद नै नगरी खरिद गरेको नक्कली विल भपाई बनाएर भ्रष्टाचार गरेको अरोपमा वरिष्ठ कृषि विकास अधिकृत डा। नरहरीप्रसाद घिमिरेसहित १३ विरुद्ध मुद्दा दायर भएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए। घिमिरेसँग १० लाख ५० हजार ९६१ रुपैयाँ विगो दाबी गरिएको छ। अख्तियारले वागवानी विकास अधिकृत सूर्यनाथ योगी, कृषि प्रसार अधिकृत नरेन्द्रबहादुर थापा, लेखा अधिकृत ढालबहादुर हमाल, प्राविधिक सहायक गमान सिंह थापा, वागवानी विकास अधिकृत भुवनबहादुर मल्ल, नायब सुब्बा नमराज थापा, लेखापाल रामकुमार शाह, प्राविधिक सहायक मिमबहादुर शाही, नायब प्राविधिक सहायक रगबहादुर वपाल, प्राविधिक सहायक पूर्णबहादुर थापा र जिल्ला समन्वय समितिका सव इन्जिनियर रामप्रसाद शर्माविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

सव इन्जिनियर शर्मा सिभिल निर्माण सेवाका सञ्चालकसमेत हुन् । वागवानी विकास अधिकृत सूर्यनाथ योगीसँग १८ लाख ३६ हजार ४०० र लेखा अधिकृत ढालबहादुर हमालसँग १२ लाख ४६ हजार ४ सय ८१ रुपैयाँ विगो माग गरिएको छ । त्यस्तै ताजा तरकारी उत्पादन समूह दैलेखका अध्यक्ष प्रेमबहादुर शाहीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.